दफा १०
अनुगमन गर्ने
(१) उद्योग दर्ता गर्ने निकाय वा कार्यालयले उद्योग दर्ता प्रमाणपत्रमा उल्लिखित शर्तहरुको पालना गरे नगरेको सम्बन्धमा उद्योगको नियमित अनुगमन गर्न सक्नेछ ।
(२) उद्योग दर्ता गर्ने निकाय वा कार्यालयले उपदफा (१) बमोजिमको अनुगमनको सिलसिलामा सम्बन्धित उद्योगबाट कुनै जानकारी वा विवरण माग गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम कुनै जानकारी वा विवरण माग गरेमा त्यस्तो जानकारी वा विवरण उपलब्ध गराउनु सम्बन्धित उद्योगको कर्तव्य हुनेछ ।
(४) उपदफा (३) बमोजिम प्राप्त भएको जानकारी वा विवरणबाट त्यस्तो उद्योग सञ्चालनमा कुनै किसिमको समस्या भएको देखिएमा सम्बन्धित उद्योगसँग परामर्श गरी उद्योग दर्ता गर्ने निकाय वा कार्यालयले त्यस्तो उद्योगलाई आवश्यक सहयोग उपलब्ध गराउन
सक्नेछ ।